ग्रामीण सूचना केन्द्रको परीभाषा हाल देशमा कुनै पनि छैन । उच्च स्तरीय आयोग सूचना प्रवीधि अन्तर्गत खडा भएको ग्रामीण सूचना केन्द्र समान्वय समितिको सल्लाह बमोजिम यस प्रकार छ-
ग्रामीण सूचना केन्द यस्तो स्थल हो जहाँ सूचना तथा सञ्चार प्रवीधिको प्रयोगद्वारा स्थानीय समुदायले लिन सक्ने व्यवसायीक सेवाको अलावा समाजको सामाजिक तथा आर्थिक विकास हुनका साथै निशुल्क विकासमूखी सूचना र सेवा दिन सक्दछ । तर विभिन्न क्षेत्रले आफ्नो ढंगले यस्ता केन्द्रहरु सञ्चालन गरेका छन् र गर्न सहयोग गरेका छन् ।
म्यापीङ्ग को उद्देश्य यी सबै केन्द्रहरुको वर्तमान स्थिती बुझ्नका निम्ति हो साथै देशमा कतिवटा केन्द्रहरु छन् भन्ने पनि बुझ्न सकिन्छ । प्राप्त भएका म्यापीङ्ग तथ्याङ्कहरुलाई प्रमाण गर्न चुनौतीपूर्ण छ र यो परीयोजनाको उद्देश्य नभएको हुनाले सम्बन्धित प्रायोजकहरुले पठाएका तथ्याङ्कलाई नै आधार मानी लिएका छौं । म्यापीङ्ग हेर्नलाई यहाँ क्लिक गर्नुहोस्।
हालसम्म यो परीयोजनाको Stakeholders सँग समन्वय गरेर प्राप्त भएको ग्रामीण सूचना केन्द्रहरु निम्न छन् ।