सेवाहरु » शिक्षा » अनौपचारीक शिक्षा र प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्
अनौपचारीक शिक्षा र प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्
अनौपचारीक शिक्षा र प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्
२००७ सालमा नेपालको जनसंख्याको २ प्रतिशत मात्र साक्षर भएकोमा राष्ट्रिय जनगणना २०५८ को अन्तिम परिणाम अनुसार ६ बर्ष र सो भन्दा माथिको ५४ प्रतिशत जनसंख्या पूर्ण साक्षर रहेका छन् भने सो मध्ये ६५ प्रतिशत पूरुष र ४३ प्रतिशत महिला साक्षर रहेका छन् । उत्त राष्ट्रिय जनगणनाले ५४ प्रतिशत साक्षरताको अतिरित्त थप ६ प्रतिशत जनसंख्याले पढ्न मात्र जान्दछन् भन्ने कुरा समेत उल्लेख गरेका छ । २०४८ सालको राष्ट्रिय जनगणना अनुसार महिला र पुरुषबीचको साक्षरता दरमा ३० प्रतिशत अन्तर भएकोमा हाल सो अन्तर २२ प्रतिशतमा आएको छ । पुरुषको दाँजोमा महिला निरक्षरको संख्या अत्याधिक रहेको छ। विविध कारणले पढाइ लेखाइबाट बञ्चित भएका निरक्षर प्रौढ तथा बालबालिकाहरुलाई उनीहरुकै पायक पर्ने स्थान र समयमा उपलब्ध गराइने ब्यावहारिक लेखपढ र हिसाव गर्न सक्षम तुल्याउनुको साथै चेतानावृद्धि पनि गरिन्छ। विभिन्न सामाजिक ,आर्थिक कारणहरुले गर्दा शिक्षाको अवसरबाट वञ्चित हुन पुगेका प्रौढ ,महिला र बालबालिकाहरुको लागि उनीहरुको अनुकुल समय तथा वातावरण मिलाई गुणात्मकस्तरमा साक्षर हुने मौका दिलाउन राष्ट्रियस्तरमा अनौपचारीक शिक्षा केन्द्रले विभिन्न शैक्षिक कार्यक्रमहरु ब्यापकरुपमा सञ्चालन गरेको छ। निरक्षरहरुलाई साक्षर बनाउनुका साथै साक्षरोत्तर शिक्षा दिने र महिलाहरुका लागी सीपमूलक शिक्षा समेत प्रदान गर्ने जस्ता निर्धारित लक्ष्य अनुरुप विभिन्न गतिविधिहरुको प्रभावकारी कार्यवन्यनमा यो अनौपचारीक शिक्षा केन्द्र अग्रसर छ।
उद्देश्य:
राष्ट्रिय शिक्षा नीति अनुरुप साक्षरता ,साक्षरत्तर शिक्षा निरन्तर शिक्षा तथा आय /सीपमूलक शिक्षा अभिवृद्धि र विस्तारका लागि अनौपचारीक शिक्षाका समग्र पक्षहरु समेटी वार्षिक कार्ययोजना तथा कार्यक्रम निर्माण गरी सुब्यवस्थित रुपमा लागु गर्नु अनौपचारिक शिक्षा केन्द्र मूल उद्देश्य रहेको छ।
उद्देश्य प्राप्तिका लागि अपनाइएको कार्य विधिको रुपरेखा:
§ राष्ट्रिय साक्षरता सम्बन्धी दीर्घकालीन तथा अल्पकालीन नीतिहरु कार्यान्वयन गर्ने ।
§ साक्षरता कार्यक्रम सञ्चालन गर्ने।
§ साक्षरता कार्यक्रमबाट साक्षर भइसकेको प्रौढ तथा बालबालिकाहरुलाई सिकेका कुरा बिर्सन नदिन सिकेका कुराहरु ब्यवहारमा उतार्न सहयोग पुरयाउनु र थप ज्ञान हासिल गर्ने सक्षम बनाउन साक्षरोत्तर कार्यक्रम सञ्चालन गर्ने ।
§ सरकारी तथा गैरसरकारी संघसंस्थाहरुद्वारा सञ्चालित अनौपचारिक शिक्षाका कार्यक्रमहरुमा निर्धारित लक्ष्य हासिल गर्न नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराई सहयोग तथा प्रोत्साहन प्रदान गर्ने।
§ अनौपचारिक शिक्षामा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसस्थाबीच समन्वय र कार्यक्रममा दोहोरोपन हटाउन आवश्यक ब्यवस्था मिलाउने।
§ अनौपचारिक शिक्षाको पाठ्यक्रम निर्धारण. पाठ्यपुस्तक र सन्दर्भ सामाग्रीको निर्माण. उत्पादन तथा विवरण कार्य गर्ने।
§ अनौपचारीक शिक्षाको विकास तथा विस्तारका लागि सामुदायिक अध्ययन केन्द्र लगायत अन्य आवश्यक कार्यक्रम सञ्चालन गर्ने आदि।
प्रमुख कार्यक्रमहरु:
(क) आधारभूत प्रौढ साक्षरता :
विभिन्न कारणले विद्यालय जान नसकी पढ्ने लेखने मौका नपाएका १५ देखि ४५ वर्ष उमेर समूहका प्रौढ पुरुष र महिलाहरुका लागी आधारभुत प्रौढ साक्षरता कार्यक्रम सञ्चालन गरिन्छ।यो कार्यक्रम न्यूनतम दैनिक दुई घण्टाका दरले हप्तामा ६ दिन वा न्युनतम १५० दिनमा जम्मा ३०० घण्टा सञ्चालन गरी ६ महिनामा सम्पन्न गरिन्छ।यो कार्यक्रम नतिजाको आधारमा भुत्तानी गर्ने (Payment by result) नीतिको आधारमा सञ्चालन हुनेछ।
(ख) साक्षरोत्तर क्षिक्षा कार्यक्रम:
प्रौढ शिक्षा कार्यक्रम मार्फत पहिलो तहमा साक्षर भइसकेको वा अन्य कुनै कार्यक्रमबाट आधारभूत साक्षरता तह पूरा गरिसकेका १५ देखि ४५ वर्ष उमेर समुहका प्रौढ पुरुष र महिलाहरुलाई प्रौढ शिक्षा कार्यक्रमको दोस्रो तहमा साक्षरोत्तर शिक्षा दिइन्छ।यो कार्यक्रमको दैनिक २ घण्टाका दरले हप्तामा ६ दिन अर्थात न्युनतम ७५ दिनमा जम्मा १५० घण्टा सञ्चालन गरी ३ महिनामा सम्पन्न गरिन्छ।यो कार्यक्रम नतिजाको आधारमा भुत्तानी गर्ने नीतिको आधारमा सञ्चालन हुनेछ।
(ग) महिला साक्षरता प्रथम:
महिला कारणले विद्यालयमा पढ्ने लेखने मौका नपाएका १५ देखि ४५ वर्ष उमेर समुहका महिलाहरुलाइका लागि महिला साक्षरता प्रथम तहका कार्यक्रम सञ्चालन गरिन्छ । यो कार्यक्रम दैनिक २ घण्टाका दरले हप्तामा ६ दिन अर्थात न्युनतम १५० दिनमा जम्मा ३०० घण्टा सञ्चालन गरी ६ महिनामा सम्पन्न गरिन्छ। यो कार्यक्रम नतिजाको आधारमा भुत्तानी गर्ने नीतिको आधारमा सञ्चालन हुनेछ।
(घ) महिला साक्षरता दोस्रो :
महिला साक्षरता प्रथम तह पूरा गरिसकेका १५-४५ वर्ष उमेर समूहका महिलाहरुका लागि महिला शिक्षा दोस्रो तहका कार्यक्रम सञ्चालन गरिन्छ। यो कार्यक्रम दैनिक दुई घण्टका दरने हप्तामा ६ दिन अर्थात न्युनतम १५० दिनमा जम्मा ३०० घण्टा सञ्चालन गरी ६ महिनामा सम्पन्न गरिन्छ। यो कार्यक्रम नतिजाको आधारमा भुत्तानी गर्ने नीतिको आधारमा सञ्चालन हुनेछ।
(ङ) वैकल्पिक विद्यालय शिक्षा कार्यक्रम :
(१) प्राथमिक शिक्षा बिस्तार कार्यक्रम ( School outreach programme)
सामान्य घर रहेका ठाउँ भन्दा टाढा विद्यालय भई सरदर आधा घण्टा भन्दा बढी समयसम्म पैदल हिँडेर विद्यालय पुग्नुपर्ने परिस्थिति रहेका स्थानमा यो कार्यक्रम सञ्चालन गरिन्छ।यस कार्यक्रममा लामो दुरीको जङ्गल .भीर.पाखा र नदी/खोला तरेर विद्यालय जानुपर्ने जस्ता विविध कारणले विद्यालय जान नसक्ने र विद्यालय बाहिर रहेका ६-८ वर्ष उमेर समुहका बालबालीकाहरुका लागि कक्षा १ देखि ३ सम्मको आधारभुत शिक्षा दिन ३ वर्ष सम्म औपचारिक शिक्षाको पाठ्यक्रम अनुसारका पाठ्यपुस्तकहरु प्रयोग गरी अनौपचारिक शिक्षण विधिद्वारा सहभागीहरुको अनुकूल समय मिलाई दैनिक ४ घण्टा पढारने ब्यवस्था यस कार्यक्रममा गरिदै आएको छ।
(२) अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम (Flexible Schooling Programme)
विभिन्न कारणले बिद्यालय जान नसकेका जस्तै घरायसी जिम्मेवारी बहन गर्नुपर्ने , गरिबीको कारणले श्रमगरेर जीविका चलाउनुपनै , परिवारका सदस्यहरुलाई काममा सघाउनु पर्ने र ५ बर्षको प्राथमिक शिक्षालाई पुरै समय दिन नसकेका सहरी, अर्धसहरी र औद्यौगिक क्षेत्रका ८-१४ वर्ष उमेर समुहका बालबालिकाहरुका लागि यो कार्यक्रम सञ्चालन गरिन्छ। यस कार्यक्रममा ५ वर्षको प्राथमिक शिक्षाको पाठ्यक्रमलाई समायोजन गरी ३ वर्ष भित्रमा सम्पन्न गरी सहभागीहरुको अनुकूल समयमा दैनिक ४ घण्टा पठनपाठन गर्ने व्यवस्था गरिएको छ।
समुदायमा आधारित बैकल्पिक विधालय शिक्षा परियोजना (Community based Alternative Schooling Project- CASP)
यस केन्द्रद्वारा सञ्चालित वैकल्पिक बिद्यालय शिक्षा कार्यक्रमलाई सहयोग पुरयाउन विद्यालय बाहिर रहेका वा आधारभुत प्राथमिक शिक्षामा पहुँच नपुगेका ६ वर्ष देखि १४ वर्ष उमेर समुहका बालबालिका विशेष गरी बालिकाहरु र पिछडिएका वर्गलाई अनौपचारिक शिक्षाको माध्यमबाट वैकल्पिक बिद्यालय शिक्षा कार्यक्रममा सहभागी गराई बिद्यालय भर्ना दरमा वृद्धि गनै र भविश्यमा आधारभूत प्राथमिक शिक्षामा सम्मिलित गराउने उद्देश्यले नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (JICA) बीच सन् २००४ को जनवरीमा भएको सम्झौता अनुसार समुदायमा आधारित वैकल्पिक बिद्यालय शिक्षा परियोजना (Community Based Alternative Schooling Project- CASP) सञ्चालन गरिएको छ। यो परियोजनाको अवधि ५ वर्षको रहेको छ। धादिङका ४ ओटा गा.वि.स. (जोगिमारा, धुसा,गजुरी र बेनीधाट) र सिराहाका ४ ओटा गा.बि.स.(कुसहा लक्ष्मीनिया,बिद्यानगर, तेनुवापट्री, बरियापट्टी) र काठमाण्डौका ६ ओटा गा.बि.स. (छैमले, टल्कुडुडेचौर, सुन्दरीजल,साङ्ला, गोंगवु, र जोरपाटी) तथा काठमाण्डौ महानगरपालिका भित्रका ३ ओटा वडामा यो कार्यक्रम नमुनाको रुपमा लागु गरिएको छ।
(च) बिचैमा विद्यालय छाड्ने बालबालिकाको लागि बाल शिक्षा कार्यक्रम (Programmer for School drop out Children- PSDC)
विभिन्न कारणले औपचारिक शिक्षाको प्राथमिक तह खागरी कक्षा १-३ सम्म भर्ना भई बीचैमा बिद्यालय छाडेका बालबालीकाहरुलाई स्थानीय स्तरमा अनुकूल वातावरण तयार गरी पुन: विद्यालय प्रवेस गराउने र उनीहरुलाई विद्यालयमा नै रहिरहने वातावरणको सुनिशचितताको सिर्जना गरी बीचैमा विद्यालय नछाड्ने प्रवृत्तिको विकास गराई विद्यालय छाड्ने दर घटाउन यो कार्यक्रम सञ्चालन गरिएको छ।
(छ) आयमूलक कार्यक्रम:
न्यून आय भएका,समुहमा कार्य गर्न इच्छुक,साक्षरता कार्यक्रम मार्फत साक्षरोत्तर तह पुरा गरेका १५-४५ वर्ष उमेर समूहका विशेषता: पिछडिएका जनजाति ,दलित महिलाहरुका लागि रोजगारमूलक स्थानीय व्यवसायमा संलग्न गराउन आयमूलक समूहहरु गठन गर्ने र आवश्यकताको आधारमा निशचित अवधिको तालिमद्वारा व्यवसायिक सीप प्रदान गरी सरल जीवनयापन गर्न,आत्म निर्भर बनाउन र साक्षरतालाई दिगो राखी निरन्तर शिक्षामा जोड दिन सामुदायिक अध्ययन केन्द्र मार्फत यो कार्यक्रम सञ्चालन गरिएको छ।
(ज) सामुदायिक अघ्ययन केन्द्र:
सामुदायिक अघ्ययन केन्द्र समुदायले स्थापना गरी सञ्चालन गनै संस्था हो। यो स्वायत्त अविच्छिन्न ,उत्तराधिकारवला ,सामुदायिक संस्था हो।यो आफ्नै विधानद्धारा निर्देशित हुन्छ। यसले आफ्नो सेवाक्षेत्र भित्रको समुदायको विस्तृत सर्वेक्षण गरी समुदायको पहिचान गरी आवश्यकतालाई परिपूर्ती गर्न योजना कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्दछ। यसको मुख्य कार्य निरक्षर वर्गलाई साक्षरता शिक्षा, साक्षरोत्तर शिक्षा,पुस्तकालय सञ्चालन,सीपमूलक व्यवसायिक तालिम कार्यक्रम सञ्चालन गरी शिक्षा र चेतना विकासको साथै समुदायका व्यत्तिहरुको आर्थिक उन्नतितर्फ टेवा पुरयाउँछ। यसले सरकारी,गैरसरकारी संघसंस्थाबाट आर्थिक अनुदान सहयोग, समुदायको स्थानित स्रोत र साधन,चन्दा आदिबाट स्रोत संकलन गरी योजना निर्माण एवं कार्यक्रम सञ्चालन गर्ने समुदायमा आधारित शैक्षिक संस्थाको भूमिका निर्वाह गर्दछ।
कार्यक्रमको जानकारी जिल्ला शिक्षा कार्यलयहरुमा लिन सकिन्छ। र अन्य शिप बिकास गर्नको निम्ति CTEVT मा पनि सम्पर्क गर्नूहोस।
|