सेवाहरु » स्वास्थ्य » डाकटर नभएमा
डाकटर नभएमा
डाक्टर नभएमा
'डाक्टर नभएमा' ग्रामीण स्वास्थ्य कार्यकर्ताको हाते पुस्तक नेपालकै पहिलो वृस्तित जानकारी भएको स्वास्थ्य सम्बन्धिको कम्पाइलेशन हो। यो किताब खास गरेर सहरी स्वास्थ्य केन्द्रहरु देखि धेरै टाढा डाक्टर नभएको ठाउँमा बस्ने व्यक्तिहरुको मद्दतका लागि लिखिएको भएता पनि आफ्नो स्वास्थ्यको हेरचाह आफैंले गर्ने सबैका लागि हो । यो किताब निम्न लिखित विश्वासहरुको आधारमा लेखिएको छ :
| |
|
१.
|
स्वास्थ्यको हेरचाह प्रत्येक व्यक्तिको अधिकार मात्र नभएर उत्तरदायित्व पनि हो ।
|
|
२.
|
कुनै पनि स्वास्थ्य कार्यक्रम र क्रियाकलापको उद्देश्य मानिसहरुलाई आफ्नो सही हेरचाह आफैं गर्न सक्ने हुनु पर्दछ ।
|
|
३.
|
आवश्यक सूचनाको जानकारी सरल र स्पष्ट रुपमा दिइएको खण्डमा सर्वसाधारणले सबै जसो सामान्य स्वास्थ्य सम्स्याहरुको रोकथाम र उपचार डाक्टरी सहायता विना सस्तोमा र बढी प्रभावकारी ढंगले आफ्नै घरमा गर्न सक्छन् ।
|
|
४.
|
चिकित्सा सम्वन्धी ज्ञान केही व्यक्तिहरुले लुकाएर राख्ने रहस्यमय तत्व नभई सबैले खुला रुपमा आदान-प्रदान गर्नु पर्ने विषय हो ।
|
|
५.
|
थोरै मात्र औपचारिक शिक्षा पाएका व्यक्तिहरु पनि थुप्रै शिक्षा पाउने जत्तिकै विश्वसनीय, र चनाखो हुन सक्दछन् ।
|
|
६.
|
आधारभूत स्वास्थ्य सेवा अरुले दिने कुरा नभई समुदायको प्रत्येक सदस्यले उत्साहित भएर सामूहिक प्रयासद्वारा गर्नुपर्ने कुरा हो ।
|
थप जानकारीको लागि यो वेबसाईटमा जानुहोस् । |