समाचार र घटनाहरुकालिमाटी फलफूल तथा तरकारी मूल्य अब उपलब्ध ।
नेपाल एक कृषि प्रधान देश हो। नेपालको अर्थ व्यवस्था पनि कृषिमानै आधारित छ। ८० प्रतिशत मानिसहरु कृषि मा आधारित छन्। त्यसकारण निजी, सरकारी र गैरसरकारी संस्थाहरु मिलेर कृषकहरुले उत्पादन गरेको तरकारी तथा फलफूलहरुका बजारभाउ संकलन र जानकारी व्यवस्थापन पनि गरेको छ। जस मध्ये कालिमाटी तरकारी तथा फलफूल विकास बोर्ड पनि एक हो। ठाउँ ठाउँ बाट फलफूल तथा तरकारी कृषकहरु मार्फत संकलन गरेर कालिमाटीमा ल्याएको हुन्छ र मूल्य निर्धारण हुन्छ। मूल्य निर्धारण भए पछि सो सूचना बिभिन्न संघ संस्थाहरुलाई सूचना प्रविधिको माध्मबाट आदान प्रदान गरिन्छ। त्यसमध्ये म्याग्नस कन्सल्टीङ् ग्रुप पनि एक हो। म्याग्नस कन्सल्टीङ् ग्रुपले यो सूचनालाई यूनिकोड मा परिवर्तन गर्दछ। यो सूचना ईन्टरनेट र स्याटेलाईटको माध्यम बाट प्रसारण गरीन्छ । यसले कृषकहरुलाई फाईदा दिलाउदछ जसको कारण सोझा कृषकहरु ठगिन बाट जोगिन्छन्।
यो सूचना तपाँईहरुले हप्तामा ६ दिन मात्र प्राप्त गर्नु हुने छ। यो सूचना तपाँईहरुले तीन वटा माध्यमबाट थाहा पाउन सक्नुहुनेछ: (१) ई-मेल बाट अनुरोध गरेर, (२) फ्याक्स मार्फत; र (३) वेभ-साइट बाट।
दैनिक मूल्य सूचीको लागि यहाँ click गर्नुहोस् ।
अन्य सूचना लिनको लागि म्याग्नस कन्सल्टीङ् ग्रुपमा सम्पर्क गर्नु पर्नेछ।
Back to News List Back to Home |