ग्रामीण सूचना केन्द्र
सेवाहरु » शिक्षा

» साझा शिक्षा ई-पाटी

साझा शिक्षा ई-पाटी

कम्प्यूटर मात्र भएर प्रविधिको पुर्ण सदुपयोग हूदैन। यस्को सफ्टवेयर को पनि उतिकै जरुरी हुनजान्छ । साझा शिक्षा ई-पाटी को उदेश्य शिक्षा लगायतको सफ्टवेयरको बिकाश गर्नु हो।  

»थप जानकारी..
 
» ओ एल पी सी नेपाल

मेरो सानु साथी

ओ एल पी सी नेपाल ओ एल पी सी नेपाल मेचीदेखि महाकालीसम्मका हरेक बच्चालाई ल्यापटपको माध्यमबाट गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न दृढ छ । हामी ५ बर्षभित्र यो लक्ष्य हासिल गर्ने अभिलाषा बोकेर अघि बढेका छौँ । एकपटक सोचौँ त, के नेपाली बालबालिका संसारका अरु बालबालिकाभन्दा कम बुद्दिमान छन र, छैनन भने हाम्रो शैक्षिक गुणस्तर किन तल छ त? हाम्रो विचारमा उनीहरुलाई साधन र स्रोतको अभाव छ, जुन विकसित देशका बच्चाहरुलाई छैन । हामी त्यस्तो स्रोत र साधन सस्तो, बलियो र खोज, प्रयोग र प्रस्तुतीकरणका लागि अवसर प्रदान गर्ने ल्यापटपको रुपमा प्रस्तुत गर्दछौँ ।

»थप जानकारी..
 
» अप्लाईप स्कोलास्टिस्

अप्लाईड स्कोलास्टिक्स्

अप्लाईड स्कोलास्टिक्स् एक शैक्षिक संस्था हो। सन् १९७२ मा शुरु भएको यो संस्था को लक्ष्य शिक्षक, उद्धमी, बालबालीका र अन्य सबैलाई प्रभावकारी शिक्षा दिनु हो।  अब यो कार्यक्रम नेपालमा पनि आइपुगेको छ। तालिम लीने सहभागीहरु बाट प्रत्यक्ष दर्शिन्छ यस्को प्रभाव।

»थप जानकारी..
 
» अनौपचारीक शिक्षा र प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्
अनौपचारीक शिक्षा र प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्
२००७ सालमा नेपालको जनसंख्याको २ प्रतिशत मात्र साक्षर भएकोमा राष्ट्रिय जनगणना २०५८ को अन्तिम परिणाम अनुसार ६ बर्ष र सो भन्दा माथिको ५४ प्रतिशत जनसंख्या पूर्ण साक्षर रहेका छन् भने सो मध्ये ६५ प्रतिशत पूरुष र ४३ प्रतिशत महिला साक्षर रहेका छन् । उत्त राष्ट्रिय जनगणनाले ५४ प्रतिशत साक्षरताको अतिरित्त थप ६ प्रतिशत जनसंख्याले पढ्न मात्र जान्दछन् भन्ने कुरा समेत उल्लेख गरेका छ । २०४८ सालको राष्ट्रिय जनगणना अनुसार महिला र पुरुषबीचको साक्षरता दरमा ३० प्रतिशत अन्तर भएकोमा हाल सो अन्तर २२ प्रतिशतमा आएको छ । पुरुषको दाँजोमा महिला निरक्षरको संख्या अत्याधिक रहेको छ। विविध कारणले पढाइ लेखाइबाट बञ्चित भएका निरक्षर प्रौढ तथा बालबालिकाहरुलाई उनीहरुकै पायक पर्ने स्थान र समयमा उपलब्ध गराइने ब्यावहारिक लेखपढ र हिसाव गर्न सक्षम तुल्याउनुको साथै चेतानावृद्धि पनि गरिन्छ। विभिन्न सामाजिक, आर्थिक कारणहरुले गर्दा शिक्षाको अवसरबाट वञ्चित हुन पुगेका प्रौढ ,महिला र बालबालिकाहरुको लागि उनीहरुको अनुकुल समय तथा वातावरण मिलाई गुणात्मकस्तरमा साक्षर हुने मौका दिलाउन राष्ट्रियस्तरमा अनौपचारीक शिक्षा केन्द्रले विभिन्न शैक्षिक कार्यक्रमहरु ब्यापकरुपमा सञ्चालन गरेको छ। निरक्षरहरुलाई साक्षर बनाउनुका साथै साक्षरोत्तर शिक्षा दिने र महिलाहरुका लागी सीपमूलक शिक्षा समेत प्रदान गर्ने जस्ता निर्धारित लक्ष्य अनुरुप विभिन्न गतिविधिहरुको प्रभावकारी कार्यवन्यनमा यो अनौपचारीक शिक्षा केन्द्र अग्रसर छ।
»थप जानकारी..
 
 
Back To Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Nepal government usaid Mercantile Winrock International Magnus Consultant Groups