ग्रामीण सूचना केन्द्र

ग्रामीण क्षेत्रका लागी सूचनामुलक सामाग्रीहरुको पोर्टलमा  स्वागतम्। 

 

यस ग्रामीण सूचना गेटवे नेपालका सम्पूर्ण ग्रामीण क्षेत्र र केन्द्र तहका ताजा सूचना र सन्देशहरु प्रस्तुत गर्नको निम्ति विकाश गरिएको हो । यसको प्राथमिक तहको कार्यक्रम २०६५ सालमा समापन भयो र सूचनाको पहिचानगरी त्यसलाई स‍ंकलन गरेर सबै माझ ल्याउने कार्यक्रम जारी रहनेछ । यस पोर्टलमा ग्रामिण समुदायलाई लक्षित बिभिन्न बिषयका ज्ञानमुलक, सन्देशमुलक, शिक्षा तथा ब्यापार, ब्यवसाय तथा विज्ञान र प्रविधिका नविनतम शिक्षाप्रद बिषयबस्तुहरु सम्प्रेसन गरि इन्टरनेटको माध्यमबाट उपलब्ध गराउन कोशिस गरिएको छ । ग्रामीण सूचना गेटवेले विविध किसिमका सूचनाहरु प्राप्त गर्न एवं उपयुक्त तरीकाले सम्बन्धित निकायको वेभसाईटमा समेत पुर्‍याउन मद्दत गर्नेछ। वास्तवमा यसबाट नेपालका ग्रामीण क्षेत्रमा वसोवास गर्ने व्यक्तिहरुलाई आवाश्यक पर्ने सूचनाहरु एकै थलोबाट प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ। साथै, यसले भविश्यमा टेलिमेडिसिन एवं विद्युतिय सुशासनको पहूँच वढाउन सहयोग पुर्‍याउनेछ । (फोटो: सुचना तथा संथार प्रविधि उच्च स्तरिय आयोग द्वारा स‌ंचालित एक ग्रामिण सुचना केन्द्र )

यस पोर्टलमा ग्रामीण समुदायहरुलाई उपयोगी हुने सेवाहरुको बारेमा जानकारी नेपाली तथा अंग्रेजी भाषामा उपलब्ध रहेका छन्। ग्रामीण समुदाय, दातृ निकाय एवं ग्रामीण सूचना केन्द्रको अवस्थाको बारेमा जानकारी राख्‍न चाहनेहरुका लागि यस पोर्टलले सूचना प्रवाह गर्नेछ ।

विषयहरु धेरै हुदां, यो पहिलो चरणमा, अहिले सूचनाहरुलाई ४ विषयगत आधारमा मात्र वर्गीकरण गरिएको छ ।

प्रस्तुत गरीएको कृयाकलापले नेपालका ग्रामीण क्षेत्रका प्रयोगकर्ताहरुलाई प्रत्यक्ष असर पार्ने छ । सशक्त सूचना एवं विषयवस्तुको आधार तथा अद्यावधीक गर्ने प्रणालीको अभावमा पोर्टलको उपयोगीता न्यून रहने गर्छ । नेपालको विकासका क्रियाकलापमा संलग्न रहेका विभिन्न संगठनको एक आपसको सहयोग र सम्पर्कले पोर्टल मार्फत जनचेतना वृद्धि गर्न सघाउ पुग्नेछ । यसर्थ सूचना प्रवाह गरी ग्रामीण समुदायको ज्ञान वृद्धि गर्न आ-आफ्नो क्षेत्रबाट यस पोर्टल मार्फत उपयोगी विषयवस्तु उपलब्ध गराइ सहयोग गरिदिन हुन विनम्र अनुरोध गर्दै यस पोर्टलमा स्वागत गर्दछौं ।


Back to Home
 
गृह |    हाम्रो बारेमा |    गोप्यता प्रक्रिया |    सम्पर्क ठेगाना |   प्रतिक्रिया
 
Powered By Magnus Consulting Group Pvt. Ltd.