ग्रामीण क्षेत्रका लागी सूचनामुलक सामाग्रीहरुको नविनतम पोर्टलमा स्वागतम्।
यस ग्रामीण सूचना गेटवे नेपालका सम्पूर्ण ग्रामीण क्षेत्रका ताजा सूचना र सन्देशहरु प्रस्तुत गर्नको निम्ति विकाश गरिएको हो । यस पोर्टलमा ग्रामिण समुदायलाई लक्षित बिभिन्न बिषयका ज्ञानमुलक, सन्देशमुलक, शिक्षा तथा ब्यापार, ब्यवसाय तथा विज्ञान र प्रविधिका नविनतम शिक्षाप्रद बिषयबस्तुहरु सम्प्रेसन गरि इन्टरनेटको माध्यमबाट उपलब्ध गराउन कोशिश गरीएको छ । ग्रामीण सूचना गेटवेले विविध किसिमका सूचनाहरु प्राप्त गर्न एवं उपयुक्त तरीकाले सम्बन्धित निकायको वेभसाईटमा समेत पुर्याउन मद्दत गर्नेछ । वास्तवमा यसबाट नेपालका ग्रामीण क्षेत्रमा वसोवास गर्ने व्यक्तिहरुलाई आवाश्यक पर्ने सूचनाहरु एकै थलोबाट प्राप्त गर्न सकिन्छ भन्ने आशा गरिएको छ। साथै, यसले टेलिमेडिसिन एवं विद्युतिय सुशासनको पहूँच वढाउन सहयोग पुर्याउनेछ ।
यस पोर्टलमा ग्रामीण समुदायहरुलाई उपयोगी हुने सेवाहरुको बारेमा जानकारी नेपाली तथा अंग्रेजी भाषामा उपलब्ध रहेका छन् । ग्रामीण समुदाय, दातृ निकाय एवं ग्रामीण सूचना केन्द्रको अवस्थाको बारेमा जानकारी राख्न चाहनेहरुका लागि यस पोर्टलले सूचना प्रवाह गर्नेछ । »थप जानकारी.. |